नियम २९ख
पुरस्कार दिने
ऋणीले धितो राखेको वा जमानत दिने व्यक्तिले जमानत दिएको हदसम्मको रकम वापत धितो राखेको सम्पत्तिबाट बैङ्क वा वित्तीय संस्थाले पाउनुपर्ने ऋण रकम चुक्ता हुन नसकेको र ऋणी वा जमानत दिने व्यक्तिको अन्य सम्पत्ति फेला नपरेको अवस्थामा कुनै व्यक्तिले त्यस्तो व्यक्तिको कुनै सम्पत्तिको बारेमा न्यायाधिकरणलाई लिखित जानकारी गराएको आधारमा फेला परेको सम्पत्ति लिलाम विक्री गरी प्राप्त हुने रकमबाट न्यायाधिकरणले त्यस्तो व्यक्तिलाई पाँच प्रतिशत रकम पुरस्कार स्वरूप दिनेछ ।”